logo

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम सर्ट लिस्टमा

    151   पटक पढिएको


२६ चैत/अर्थ र व्यापार – रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस भएको छ । गत १६ फागुनमा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको थियो ।
बोर्ड नयाँ अध्यक्षका लागि कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठको नाम सिफारिस भएको हो।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थ सचिव डा.कृष्णहरि पुष्कर र प्राध्यापक उदय निरौला सदस्य थिए।
अध्यक्षका लागि सर्ट लिस्टमा परेका मध्ये चापागाईँ नियामक निकाय बीमा प्राधिकरणका पूर्व अध्यक्ष हुन्। उनी प्राधिकरण बीमा समिति हुँदा अध्यक्ष थिए । मुक्ति र नवराज बोर्डका कार्यकारी निर्देशक हुन्।
कार्की नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत हुन्। रमेश हमाल अवकाश भएपछि अध्यक्ष पद रिक्त थियो । समितिले आवेदन माग गरेपछि १९ जनाले निवेदन दिएका थिए। त्यसमध्ये ५ जना सिफारिसमा परेका हुन्।
अब यि पाँच जनाबाट कार्य योजना प्रस्तुति गराइने छ । त्यसका आधारमा तीन जनाको नाम छनोट गरेर मन्त्रिपरिषद्मा पठाइने छ । मन्त्रिपरिषद्ले त्यसमध्ये एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ । अध्यक्षको कार्यकाल आगामी चारवर्षको हुनेछ।
नयाँ स्टक एक्सचेन्जका लागि ठूला व्यावसायिक घरानाको लडाइँ चलिरहेको छ । झन्डै १५ वर्षदेखि निजी क्षेत्रलाई नयाँ स्टक सञ्चालन गर्न दिने भनिए पनि कार्यान्वयनमा आउन सकेको छैन।
पछिल्लो दुई वर्ष नयाँ स्टकका लागि व्यावसायिक घरानाबीच ‘कर्पोरेट वार’ नै चल्यो। नयाँ स्टक एक्सचेन्जका लागि शंकर समूह र इन्फिनिटी समूहले केही व्यावसायिक घराना समेत जम्मा पारेर लाइसेन्स लिन खोजेका थियो । लाइसेन्सका लागि नै यो समूहले रमेशकुमार हमाललाई सेबोनको अध्यक्ष बनाएको थियो।
हमालले अन्तिम समयसम्म लाइसेन्स दिन खोजे । तर, अर्को व्यावसायिक समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रयोग गरेर लाइसेन्स रोक्यो । हमालको कार्यकाल गत २० पुसमा सकिएको थियो । अहिले पनि यही दुई समूह सेबोन अध्यक्षमा आफू निकट व्यक्ति ल्याउन लागिपरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।