२१ चैत/अर्थ र व्यापार – अहिले सेयर बजारमा निरन्तर गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ को विन्दुमा आएको हो।
बुधबार १३ वटा मध्ये लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र म्युचुअल फन्ड बाहेकका सबै उपसमूह घट्दा नेप्से परिसूचरसँगै सेयर कारोबार पनि घटेको छ ।
बुधबार सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको सेयर मूल्य १.७४ प्रतिशतले घटेको छ । कारोबारमा आएका ३२२ मध्ये १३२ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने १०३ वटा कम्पनीको सेयर मूल्य बढेको छ।
घटेको बजारमा पनि गुराँस र वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने बढ्दा लगानीकर्ताले कमाएका छन् ।बुधबार दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाएका छन्। घटेकामध्ये सबैभन्दा धेरै रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले ४.४० प्रतिशतले गुमाएका छन्।
यसदिन कुल ६४ लाख ८१ हजार कित्ता सेयर २ अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएको थियो । सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्सको २५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । दोस्रोमा रहेको सर्वोत्तम सिमेन्टको १२ करोड ६७ लाखको सेयर खरिदविक्री भएको थियो ।
तपाईको प्रतिक्रिया