logo

२१ सयभन्दा तल ओर्लियो सेयर बजार

    114   पटक पढिएको


१ चैत/अर्थ र व्यापार – साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से फेरि २१ सयमुनि झरेको छ । अघिल्ला दुई दिन २१ सयमाथि अडिएको बजार बिहीबार २७.८४ अंक घटेपछि २०८० अंकमा झरेको हो ।
बिहीबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडमा खुम्चिएको छ ।यस दिन सबै समूहका सूचक झरेका छन् । जीवन बीमा र माइक्रोफाइनान्स समूह २ प्रतिशतभन्दा धेरै झरे । बैंकिङ १३, विकास बैंक ५४, फाइनान्स २०, होटल तथा पर्यटन ४७, हाइड्रोपावर १६, जीवन बीमा २८७, उत्पादन ७५, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १८८, अन्य १६ र व्यापार समूह २० अंक घटे ।
कुल ४४ कम्पनीको मूल्य बढ्दा १९६ को घट्यो भने ४ को स्थिर रह्यो । धेरै मूल्य घटबढ भएका कम्पनीहरुमा भने माइक्रोफाइनान्सहरु अगाडि रहे । विन नेपाल लघुवित्त, मानुसी र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । गोर्खाज फाइनान्सको ८, कर्णाली विकास बैंकको ७.७, समाज लघुवित्तको ७.२, मनकामना स्मार्ट लघुवित्तको ६.१ प्रतिशत मूल्य बढ्यो ।
स्वाभिमान लघुवित्तको ६, जाल्पा सामुदायिक लघुवित्तको ५.६, धौलागिरि लघुवित्तको ५.३ प्रतिशत मूल्य बढ्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.२, एनआईसी एसिया लघुवित्तको ५.१ तथा जनउत्थान सामुदायिक लघुवित्तको ५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोशी, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, गोर्खाज फाइनान्स र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।