logo

नेप्से ५८.५५ अंकले बढ्यो

    532   पटक पढिएको


२९ फागुन/अर्थ र व्यापार – नयाँ अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा सुधारको कदम चाल्ने विश्वासमा नेप्से लगातार उकालो लागिरहेको छ । सोही कारण नेप्से परिसूचक मंगलबार ५८.५५ अंक बढेर २१११.२१ विन्दुमा पुगेको छ।
अर्थमन्त्री पुनले गत आइतबार सेयर बजारमा तत्काल गर्नुपर्ने सुधारबारे नेपाल धिततोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएसीसँग कार्ययोजना मागेका थिए । उनले एक साताभित्र कार्ययोजना बुझाउन निर्देशन नै दिएका छन्।
त्यसैको प्रभावस्वरुप मंगलबार नेप्से ५८.५५ अंकले उकालो लागेको हो। पुन अर्थमन्त्री नियुक्त भएयता नेप्से लगातार उकालो लागिरहेको छ । उनी गत बुधबार साँझ अर्थमन्त्री नियुक्त भएका थिए।
त्यो दिन ९.३३ अंकले बढेको नेप्से त्यसपछिका तीन कारोबार दिनमा ९४.१६ अंकले उकालो लागिसकेको छ। उनले पदबहालीका क्रममा ६० लाख नेपालीको भविष्यसँग जोडिएको सेयर बजारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएपछि नेप्से निरन्तर बढेकामा सुझाव पेस गर्न तीन संस्थालाई आइतबार पत्र काटिएपछि लगानीकर्ताले त्यसलाई सकारात्मक रुपमा लिंदा बुधबार नेप्सेमा हरियाली छाएको हो।
१३ वटै उपसमूहले नेप्से उकालो लगाएका हुन्। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.४४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्त उपसमूहको परिसूचक ५.०५ प्रतिशत उकालो लागेको छ। बैंकिङ, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशत भन्दा बढी बढेको छ।
५ कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ। जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
मंगलबार सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेको छ। नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। गत आइतबार २ अर्ब ९१ करोडको सेयर खरिदबिक्री भएकामा बुधबार साढे ४ अर्बमाथिको सेयर किनबेच भएको छ। ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार कित्ता सेयर ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँमा किनबेच भएको हो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। यो कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको सेयर खरिदविक्री भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।