logo

अर्थमन्त्रीको टुंगो नलागेपछि ७०.३१ अंकले घट्यो सेयर बजार

    403   पटक पढिएको


२२ फागुन/अर्थ र व्यापार – अर्थमन्त्रीको टुंगो नलागेपछि मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज का अनुसार मंगलबार नेप्से परिसूचक ३.३८ प्रतिशत अर्थात् ७०.३१ अंकले घटेर २००७.६९ अंकमा बन्द भएको थियो ।
सोमबार अकस्मात सत्ता गठबन्धन परिवर्तन भएपछि ६ प्रतिशतले बढेको सेयर बजार मंगलबार भने भारी अंकले गिरावट आएको हो । सोमबार नेप्से परिसूचक ११७.७० अर्थात ६ प्रतिशतले बढेर २०७८ बिन्दुमा पुगेको थियो । एक दिन अगाडि सकारात्मक सर्किट लागेको पुँजी बजारमा दोस्रो दिन नै उच्च अंकले गिरावट आएको हो ।
सोमबार गठबन्धन परिवर्तन हुँदा अर्थमन्त्रीमा विष्णु पौडेल र वर्षमान पुन मध्ये एकजना अर्थमन्त्री हुने चर्चा थियो । तर, मंगलबार पौडेलको नाम चर्चामा नदेखिएपछि सेयर बजार पनि एकाएक ओरालो लागेको थियो । नयाँ अर्थमन्त्री वर्षमान पुन नै बन्ने चर्चा चलेका कारण सयर बजारमा यस्तो नकारात्मक असर परेको सम्बन्धीत लगानीकर्ता एवं सरोकारवालाहरुले बताएका छन ।
उनीहरुका अनुसार यसले लगानीकर्ताको मनोवल घटेको बुझ्न सकिन्छ । मंगलबार दिनभरमा ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ६९ हजार २०८ पटक खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
मंगलबार कुल २१३ वटा कम्पनीको सेयर मूल्य घटेको थियो भने ३३ कम्पनीको सेयर मूल्य बढेको थियो । मंगलबार म्युचुअल फण्ड समूह ०.६६ प्रतिशत बढेको थियो भने अन्य सबै समूहमा राताम्य छाएको थियो । यसदिन बैंकिङ समूह ३.०१ प्रतिशत, विकास बैंक समूह ३.६५ प्रतिशत, फाइनान्स समूह २.७५ प्रतिशत, होटल तथा पर्यटन समूह ३.६९ प्रतिशत, जलविद्युत समूह ४.३० प्रतिशत, लगानी समूह ३.४८ प्रतिशत, जीवन बीमा समूह ३.४९ प्रतिशत, उत्पादन समूह ४.२० प्रतिशत, लघुवित्त समूह १.२७ प्रतिशत, निर्जीजन बीमा समूह २.६० प्रतिशत, अन्य समूह ४.३५ प्रतिशत र व्यापार समूह २.१५ प्रतिशतले गिरावट आएको थियो ।
बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको थियो । यस कम्पनीको सेयर मूल्य २ हजार ३२८.६० रुपैयाँ घटेर २० हजार ९६२ रुपैयाँमा झरेको थियो । जोशी हाइड्रोपावर ९.९९ प्रतिशत अर्थात ३८.४० रुपैयाँ घटेर ३४६ रुपैयाँमा सीमित भएको थियो । यस्तै, बोटलर्स नेपाल (तराई)को ९.४५ प्रतिशत अर्थात् १ हजार ५४४.४० रुपैयाँ घटेर १४ हजार ८ सय रुपैयाँमा सेयर मूल्य झरेको थियो ।
बजारमा भारि अंकको गिरावट भएपनि गुराँस लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.७३ प्रतिशत अर्थात् ७९.९० रुपैयाँ बढेर ९९५ रुपैयाँ पुगेको थियो । साथै, मंगलबार सोनापुर मिनिरल्सको सेयर कारोबार सर्वाधिक भएको थियो । यस कम्पनीको ४१ करोड ९१ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस्तै, शिवम् सिमेन्टको २४ करोड ६५ लाख रुपैयाँ, घोराही सिमेन्टको १४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।