logo

सर्वोत्तम सिमेन्टको आइपीओमा १०.२० गुणा आवेदन, अहिलेसम्म आवेदक सवा ५ लाख नागे

    510   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार – देस आर्थिक मन्दिमा गएर मान्छेसँग पैसा छैन भनिएको बेला अहिले सर्वोत्तम सिमेन्टको आइपीओमा १०.२० गुणा आवेदन परिसकेको छ। न्युनतम १८ हजार ४५ रुपैयाँ लगानीमा ५० कित्ता सेयर भर्नकालागि अहिलेसम्म आवेदक संख्या सवा ५ लाख नागिसकेका छन ।
पहिलो पटक बुक बिल्डिङ विधिबाट जारी गरिएको सर्वोत्तम सिमेन्टको आइपीओमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन भर्ने समय खुलेको तेस्रो दिन मंगलबार बिहानसम्ममा १०.२० गुणा आवेदन परेको छ।
कम्पनीको २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ सर्वसाधारणलाई बिक्रीका लागि आइतबार आवेदन खुलाइएकामा मंगलबार बिहान १०ः०६ बजेसम्म २ करोड ८३ लाख २७ हजार ६१० कित्ता सेयर माग भइसकेको छ । यस कम्पनीमा आवेदन भर्ने म्याद बुधबारसम्म छ।
सीडीएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार अहिलेसम्म ५ लाख २४ हजार ७८ वटा आवेदन परेको छ । जबकि ५५ हजार ५२१ भन्दा बढी आवेदकले आइपीओ पाउँदैनन्।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर कम्तिमा ५० कित्ता भर्नुपर्छ । एक कित्ताको मूल्य ३६०.९० रुपैयाँ छ । यो अहिलेसम्मकै महँगो आइपीओ हो । ५० कित्ताका लागि १८ हजार ४५ रुपैयाँ चाहिन्छ । अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइन्छ ।
सर्वोत्तमको आइपीओमा १० अर्ब २२ करोड ३४ लाख ३४ हजार ४४९ रुपैयाँको आवेदन परेको छ । आर्थिक गतिविधि सुस्ताउँदा निजी क्षेत्रले मन्दीको अनुभव गरिरहँदा सर्वोत्तम सिमेन्ट भने मुनाफामा छ । यो कम्पनीले आफ्नो उत्पादन भारत समेत निर्यात गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।