logo

सेयर बजारको गिरावट कायमै ,नेप्से २०.७६ अंकले घट्यो

    321   पटक पढिएको

१० फागुन/अर्थ र व्यापार – साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजारमा गिरावटले निरन्तरता पायो । बिहीबार नेप्से २०.७६ अंकले घटेर २००५.८३ बिन्दुमा कायम भएको थियो ।
यसदिन उत्पादनमूलक बाहेकका सबै उपसमूहले नेप्से घटाएका हुन्। जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै १.९० प्रतिशतले घटेको थियो । सबैभन्दा धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीको सूचीमा जलविद्युत कम्पनी रहेका छन् । हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।
यो कम्पनीको सेयर मूल्य ७.६० प्रतिशतले घटेको थियो । बाराही, पिपुल्स हाइड्रोपावर, रावा इनर्जी लगायत जलविद्युत उपसमूहका ८१ कम्पनीको सेयर मूल्य घटेको थियो । उत्पादनमूलक उपसमूहको सूचक भने १.१४ प्रतिशतले बढेको छ ।

उत्पादन क्षेत्रका तीन कम्पनीको सेयर मूल्य बढ्दा यो उपसमूहको सूचक सकारात्मक देखिएको हो। यो उपसमूहका बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल(तराई) र युनिलिभर नेपालको सेयर मूल्य बढेको थियो । यसैगरी, नोक्सानीमा रहेको समाज लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । प्रति सेयर आम्दानी ७.३१ रुपैयाँ ऋणात्मक रहेको सो कम्पनीको मूल्यमा गत २२ माघदेखि निरन्तर सर्किट लागिरहेको छ । यो कम्पनीको सेयर मूल्य लगातार १३ औं सर्किटपछि बिहिबार प्रति कित्ता २ हजार १७६.३० रुपैयाँ पुगेको थियो ।
बजारमा ३ अर्ब २० करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको १४ करोड ८७ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।