logo

२७.२१ अंकले घट्यो नेप्से,३ अर्ब ७७ करोडको कारोबार

    536   पटक पढिएको


६ फागुन/अर्थ र व्यापार – सेयर बजारमा आइतबार २७.२१ अंकको गिरावट आएको छ। नेप्से परिसूचक २०३४.८२ विन्दुमा झरेको छ। १३ वटै उपसमूहले नेप्से घटाएका हुन्। वित्त उपसमूहको सूचक सबैभन्दा धेरै २.७० प्रतिशतले ओरालो लागेको छ ।
आइतबार जलविद्युत उपसमूहमा पनि २.१५ प्रतिशतको गिरावट आएको छ। साम्लिङ पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.२१ प्रतिशतले घटेको छ।
२२५ कम्पनीको सेयर भाउ सस्तिंदा २१ कम्पनीका लगानीकर्ताले भने कमाएका छन्। बोटलर्स नेपाल बाजालु र समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। घटेको बजारमा किसान लघुवित्तको सेयर मूल्य ८.२२ र युनियन हाइड्रोपावरको सेयर मूल्य ६.६५ प्रतिशतले बढेको छ।
बजारमा १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार रुपैयाँमा किनबेच भएको छ।
हिमालयन रि इन्स्योरेन्सको सेयर सर्वाधिक किनबेच भएको छ। यो कम्पनीको ४० करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको हो। धेरै रकमको कारोबार हुने सूचीमा एनआईसी एसिया बैंक दोस्रो स्थानमा छ। यो कम्पनीको १३ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।