३ फागुन/अर्थ र व्यापार – डिप्रोक्स लघुवित्तले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । बिहीबार बिहान बसेको कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।
यसैगरी, कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश प्रदान गरिने सो कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कुल १६ करोड ३२ लाख रुपैयाँ बराबरको लाभांश प्रदान हुनेछ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/७९ मा १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।
तपाईको प्रतिक्रिया