२६ माघ/अर्थ र व्यापार – सानिमा जिआईसी इन्स्योरेन्सले खुद नाफा बढाएको छ। कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा १० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको हो।
पोहोर ६ महिनाको तुलनामा कम्पनीको खुद नाफा २०.९४ प्रतिशतले वृद्धि भएको छ। सानिमा जिआईसीले गत वर्ष ६ महिनामा ८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको खुद बीमा शुल्क ३२.४२ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा कम्पनीले २९ करोड ३४ लाख रुपैयाँ कम्पनीले खुद बीमा शुल्क आर्जन गरेको छ।
कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ रहेको छ। वार्षिक प्रतिसेयर आम्दानी ८.७३ रुपैयाँबाट वृद्धि भएर १०.५६ पुगेको छ । प्रतिसेयर नेटवर्थ १३७.९८ रुपैयाँ रहेको छ।
तपाईको प्रतिक्रिया