१४ माघ/अर्थ र व्यापार – एशियन लाइफ इन्स्योरेन्स कम्पनिले लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको कम्पनी संचालक समितिको बैंठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुल २५ करोड ७४ लाख ६ हजार रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ । सो लाभांशमध्ये ७.७५ प्रतिशतले हुन आउने २४ करोड ४५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ ।
यसैगरी,सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.४० प्रतिशतले हुन आउने १ करोड २८ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ मा ८.५ प्रतिशत बोनस सेयर तथा ०.४४ प्रतिशत नगद गरि कुल ८.९४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
तपाईको प्रतिक्रिया