२९ पुस/अर्थ र व्यापार – नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सेयरधनीलाई भुक्ता पुँजीको ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीको आइतबार भएको ४२ औं साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ६४ करोड रुपैयाँ लाभांश बाँड्ने प्रस्ताव पारित गरेको हो।
साधारण सभाले गत आर्थिक वर्षको लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह र सोसँग सम्बन्धित अनुसुची पारित गरेको छ।
सोही साधारण सभामा नेप्सेका वरिष्ठ अधिकृत जगदिश रिजाललाई दीर्घसेवा पदक प्रदान गरिएको थियो।
तपाईको प्रतिक्रिया