२७ पुस/अर्थ र व्यापार – शिवम् सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न आठौं वार्षिक साधारण सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित भएको हो ।
लाभांश प्रस्ताव पारित भएसँगै कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोडमा अब ६२ करोड ७० लाख रुपैयाँ थपिएको छ । साधारण सभाले सेयर प्रिमियमबापतको रकम कम्पनीमा नै संचित राख्ने निर्णय गर्नुका साथै संचालक समितिले प्रस्ताव गरेका सामान्य र विशेष प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया