२३ पुस/अर्थ र व्यापार– हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर सोमबारदेखि कारोबार सुरु भएको छ । एचआरएल कोड नामबाट सो कम्पनीको कारोबार खुलेको हो ।
प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा यस कम्पनीको पहिलो कारोबार भएको हो । सो कारोबारपछि यो कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सोमबार कम्पनीको मूल्य प्रतिकित्ता ३४० रुपैयाँ १० पैसा पुगेको छ ।
यस कम्पनीको सेयरमा अधिकतम खरिदकर्ताहरु देखिएकाले मूल्य केही दिन बढ्ने अनुमान छ । यस कम्पनीको कुल १० करोड कित्ता सेयर बजारमा सूचीकृत भएको छ । जसमा ७० प्रतिशत सेयर संस्थापकहरुको र ३० प्रतिशत सेयर साधारण समूहको छ । यस कम्पनीको आरटीएस सेवा एनएमबी क्यापिटलले प्रदान गर्नेछ । प्रिमियमसहित कम्पनीको आईपीओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो ।
तपाईको प्रतिक्रिया