logo

हिमालयन रि इन्स्योरेन्सको सेयर सूचीकृत, भोलीबाट बजारमा कारोबार हुने

    676   पटक पढिएको


२२ पुस/अर्थ र व्यापार – भर्खरै प्राथमिक सेयर निष्कासन गरेको हिमालयन रि इन्स्योरेन्स कम्पनीको सेयर दोस्रो बजार नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ ।
कम्पनीको सेयर सूचीकृत भएसँगै सोमबारदेखि बजारमा कारोबार खुल्ने भएको छ । यसको कोड नाम एचआरएल रहेको छ । यस कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०३ रुपैयाँ १० पैसादेखि ३०९ रुपैयाँ २० पैसाको बीचमा हुनेछ । सो मूल्य रेञ्जमा रहेर जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ ।
पहिलो कारोबार भएको मूल्यपछि दैनिक १० प्रतिशत घट्न वा बढ्न सक्नेछ । अधिकतम मूल्यमा कारोबार भएर १० प्रतिशत बढ्न गएमा सोमबार प्रतिकित्ता मूल्य ३४० रुपैयाँसम्म पुग्न सक्नेछ ।
प्रिमियमसहित कम्पनीको आईपीओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो । अंकित मूल्य १ सयका दरले कुल १० करोड कित्ता सेयर बजारमा सूचीकृत भएको हो । जसमा ७० प्रतिशत सेयर संस्थापकहरुको र ३० प्रतिशत सेयर साधारण समूहको रहेको छ । साधारण सेयर लगानीकर्ताको डिम्याट खातामा आइसकेको छ ।
यस कम्पनीको आरटीएस सेवा एनएमबी क्यापिटलले प्रदान गर्नेछ । २०७८ असारदेखि सञ्चालनमा आएको यो कम्पनीको मुख्य कार्यालय काठमाडौंको महाराजगञ्जमा रहेको छ । बीमा कम्पनीहरुले गरेको बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा आएको हो । बीमा कम्पनीहरुले बहन गर्ने जोखिमको केही अंश यस कम्पनीले पनि बहन गर्दछ, जसले बीमा कम्पनीहरुको जोखिम हस्तान्तरण गर्न मद्दत पुग्नेछ ।
कम्पनीले पुनर्बीमा तथा बीमा व्यवसायबाट प्राप्त हुने रकम, बीमा शुल्कबाट बीमा कोषमा जम्मा हुने रकमलाई विभिन्न क्षेत्रमा लगानी गरी थप प्रतिफल लिने, विभिन्न कम्पनीका सेयर, ऋणपत्रजस्ता धितोपत्रमा लगानी गरेर पनि नाफा आर्जन गर्न सक्नेछ ।
स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीसँग आवश्यकताअनुसार पुनर्बीमा ब्रोकरको रुपमा पनि सेवा लिनेदिने काम गर्दछ । नेपालका सबै बीमा कम्पनीहरुलाई सबैजसो योजना÷पोलिसीको पुनर्बीमा स्वदेशी कम्पनीमै गराउनुपर्ने बाध्यकारी व्यवस्था बीमा ऐनमा गरिएको छ । जीवन बीमा, मोटर, कृषि पशुपन्छी तथा जडिबुटी, हुलदंगा तथा आतंकवादीजस्ता बीमा स्वदेशमै शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने व्यवस्था छ । यसले कुल बीमा शुल्क, आम्दानी बढ्ने कम्पनीको प्रक्षेपण छ ।
स्वदेशी पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेका जोखिमको मात्रै विदेशी कम्पनीमा पुनर्बीमा गर्न पाउने व्यवस्था छ । स्वदेशमा हुने पुनर्बीमाको लाभ दुई कम्पनी नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीले मात्रै पाउनेछन् । कानुनतः बिजेनस सुनिश्चित भएकाले आगामी दिनमा बीमा कम्पनीहरुको बिजनेस बढेअनुसार पुनर्बीमा कम्पनीहरुको पनि बिजनेस बढ्नेछ ।
यस्तो छ कम्पनीको वित्तीय अवस्था र रेटिङ ः
आईपीओबाट रकम संकलनपछि यस कम्पनीको कुल सेयर पुँजी १० अर्ब रुपैयाँ पुगेको छ । त्यसमा ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ सर्वसाधारण समूहमा आईपीओ जारी गरेर संकलन भएको हो भने बाँकी ७० प्रतिशत सेयर संस्थापक समूहको छ ।
गत असार मसान्तसम्म कम्पनीको बीमा कोषको आकार ३५ करोड ८१ लाख रुपैयाँ छ भने महाविपत्ति कोषमा ३ करोड ७१ लाख रुपैयाँ छ । असार मसान्तसम्म सञ्चित नाफा ४४ करोड २४ लाख रुपैयाँ रहेको सो कम्पनीले जनाएको छ ।
यस कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ४८ करोड कुल प्रिमियम आम्दानी गरेको छ भने प्रिमियम हस्तान्तरण ५ करोड ३९ लाख हुँदा खुद प्रिमियम आम्दानी ३ अर्ब ४३ करोड छ ।
गत आर्थिक वर्ष कम्पनीले ४४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।