१९ पुस/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ बिन्दुमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्स ५.१२ अंकले घटेको छ । यसअघि नेप्से बुधबार २७.९० अंकले बढेको थियो।
बिहिबार जलविद्युत, लगानी, व्यापार र म्युचुअल फण्डबाहेका उपसमूहले नेप्से घटाएका हुन्। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै ३.७० अंकले घटेको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको सेयर मूल्य ६.५६ प्रतिशत अर्थात प्रति कित्ता ५४ रुपैयाँ घटेको छ।। कालिका पावर कम्पनीसहित ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सेयर ब्रोकरले गिरावटलाई सामान्य रुपमा लिएका छन्। बुधबार २७ अंकले बढेको बजारमा आजको करेक्सन सामान्य हो। यसलाई नकारात्मक रुपमा लिनुपर्ने कारण छैन । परिसूचक घटेपनि कारोबार रकममा सुधार देखिएको छ ।
यसदिन ५ अर्ब ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। कम्पनीको ३३ करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य पनि प्रति कित्ता २५ रुपैयाँ बढेको छ । यसैगरी, शिवम् सिमेन्टको १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया