logo

कारोबारको अन्तिम समयमा आएर २७.९० अंकले बढ्यो नेप्से

    586   पटक पढिएको


१८ पुस/अर्थ र व्यापार – पछिल्लो केही सातायता निरन्तर १२४ अंकले घटेको बजार बुधबार अन्तिम कारोबार समयमा आएर बजार केही बढेर बन्द भयो ।
साताको चौथो दिन बुधबार नेप्से परिसूचक २७.९० अंकले बढेर बन्द भएको हो। बजार बढ्दा परिसूचक २०५८.०० बिन्दुमाथि आइपुगेको छ। यस्तै बुधबार सेन्सेटिभ इन्डेक्स पनि ३.७६ अंकले बढेको छ । यसअघि गत ५ पुसयता सेयर बजार निरन्तर घट्दै आइरहेको थियो।
सेयर बजार घट्दा निकै नै घटेको होटल तथा पर्यटन, जलविद्युत समूह, लगानी, उत्पादन तथा प्रशोधन क्षेत्र लगायत सबैजसो क्षेत्रमा निकै सुधार देखिएको छ। यस बाहेक बुधबार सबैजसो समूह बढेका छन्। बजार बढ्दा बुधबार २०९ सूचीकृत कम्पनीको सेयर मूल्य बढेको हो ।

नेप्सेका अनुसार १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ब्रोकरहरुका अनुसार अन्तिममा खरिदचाप एक्कासि बढेर बन्द भएको हो । ‘केही कम्पनीको सेयर मूल्य बढ्न लागेपछि सवा २ बजेपछि एक्कासि बजारमा हाई डिमान्ड आयो । पछिल्लो केही दिनयता बजार धेरै घटिसकेकाले पनि बुधबार बजार सकारात्मक हुन पुगेको थियो ।
बुधबार दिव्येश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर मिनरल्स, मुक्तिनाथ कृषि कम्पनीलगायत १० कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यसदिन पनि ४ अर्ब ४ करोड बराबरको सेयर कारोबार भएको छ। कारोबारका आधारमा शीर्ष स्थानमा सोनापुर मिनरल्स छ । सो कम्पनीको २६ करोडको सेयर कारोबार भयो। यस्तै शिवम् सिमेन्टको २३ करोड बराबरको कारोबार भएको छ । यी दुवै कम्पनीमा अन्तिममा खरिद चाप बढी आउँदा मूल्य र कारोबार दुवै बढ्न पुगेको हो । १५ करोडको कारोबार भएर आइएमई लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा रह्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।