logo

स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई २५ पुसदेखि सर्वोत्तम सिमेन्टको आईपीओ खुल्ने

    409   पटक पढिएको


१७ पुस/अर्थ र व्यापार– कारखाना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) मा आगामी २५ पुस देखि आवेदन खुल्ने भएको छ ।
उद्योग रहेको क्षेत्रका प्रभावित, खानी रहेको क्षेत्रका प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुले छिटोमा आगामी १० माघसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।
न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उद्योग, खानी उत्खनन प्रभावित क्षेत्रका लागि ९ लाख ३० हजार कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि २ लाख ६७ हजार कित्ता सेयर बाँडफाँट हुनेछ ।
दरखास्तका साथ प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले भुक्तानी गर्नुपर्नेछ । उद्योग क्षेत्र नवलपरासीको सुनवल नगरपालिकाका केही वडाहरु ३,४,५,६,११ र १३ का स्थानीयले आवेदन दिन पाउने छन् । यसैगरी, खानी क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका १ र २ नम्बर वडाका स्थानीयले आवेदन दिन सक्छन् ।
पाल्पा रिब्दिकोट गाउँपालिकाका २,३, ४ र ६ नम्बर वडाका स्थानीय, तिनाउँ पालिकाका १, २ र ३ तथा निस्दी गाउँपालिका ७ नम्बर वडाका बासिन्दाले आईपीओमा आवेदन दिन सक्ने सो कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।