८ पुस/अर्थ र व्यापार – साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २१ अंक घटेर २०८८ मा कायम भएको हो ।
यसदिन कारोबार रकम भने झन्डै १ वर्षकै उच्च भएको छ । आइतबार दिनभर कुल ७ अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यो कारोबार रकम २६ पुस २०७९ साल यताकै उच्च हो । यसअघि बिहीबार ६ अर्ब २७ करोडको कारोबार भएको थियो ।
७९ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ६ को स्थिर रहेको छ । हाइड्रोपावर ०.०८, जीवन बीमा ०.५२, निर्जीवन बीमा ०.५६ र अन्य समूह ०.९७ प्रतिशत बढेका छन ।
लगानी र व्यापार समूह सबैभन्दा धेरै घटे । लगानी ३.८ र व्यापार समूह ३.११ प्रतिशत घटे । उत्पादन समूह २.७, बैंकिङ १.५, विकास बैंक १.३, फाइनान्स १.६, होटल तथा पर्यटन १.४ र माइक्रोफाइनान्स सूचक १.३ प्रतिशत घटेका छन ।
तपाईको प्रतिक्रिया