८ पुस/अर्थ र व्यापार – नेपाल टेलिकमले आगामी २९ पुसका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले यसअघि घोषणा गरेको प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लैजानेछ । सो साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीले पाउने छन् ।
टेलिकममा सरकारी स्वामित्व नै ९१ दशमलव ४९ प्रतिशत रहेकाले सोही अनुपातको लाभांश सरकारले नै पाउँछ ।
यसैगरी, वार्षिक साधारणसभाका लागि १९ पुसमा कम्पनीले सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ । आगामी १८ पुससम्म कायम सेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउने छन् ।
तपाईको प्रतिक्रिया