५ पुस/अर्थ र व्यापार – जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
सरकार र साधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले आगामी २९ पुसका लागि साधारणसभा पनि बोलाएको छ ।
साधारणसभाका लागि कम्पनीले आगामी १८ पुसका लागि बुक क्लोजको मिति तय गरेको छ । आगामी १७ पुससम्म कायम सेयरधनी लाभांश लिन र साधारणसभामा भाग लिनका लागि योग्य हुनेछन् । बिहीबार बजार चलिरहँदासम्म यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९८.६ रुपैयाँ कायम रहेको छ ।
तपाईको प्रतिक्रिया