२१ मंसिर/अर्थ र व्यापार – वैदेशिक रोजगारीमा गएकालाई सेयर बाँडफाँट गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि पनि सेयर खुलाएको छ।
कम्पनीले आगामी २७ मंसिरदेखि १ पुससम्म सर्वसाधारणलाई सेयर बिक्री गर्ने छ । अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँकादरले सो कम्पनीले सेयर बिक्री गर्ने बताएको छ।
सो कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ छ । ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ ।
यस कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । हिमालयन रि निजी क्षेत्रको पहिलो पुर्नबीमा कम्पनी हो ।
तपाईको प्रतिक्रिया