logo

सेयर बजारमा उकालो यात्रा कायमै

    704   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार – मंगलबार पनि सेयर बजारमा उकालो यात्रा कायमै भएको छ । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११.२२ अंकले बढेर १८५८ विन्दुमा कायम भएको छ ।
मंगलबार कुल १४४ कम्पनीको मूल्य बढ्दा ८३ को घट्यो भने १२ को स्थिर रह्यो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेर १ अर्ब नजिक पुगेको छ । सोमबार कुल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ९९ करोड ६५ लाख रुपैयाँको भएको छ ।
यस दिन निर्जीवन बीमाबाहेकका सबै उपसमूहका सूचक बढे । सो उपसमूह भने १७ अंक घट्यो । प्रतिशतका आधारमा लगानी उपसमूह सबैभन्दा धेरै १.५१ प्रतिशतले बढ्यो । बैंकिङ २, विकास बैंक १५, फाइनान्स १९, होटल तथा पर्यटन ४०, जलविद्युत् ७, जीवन बीमा ११३, उत्पादन तथा प्रशोधन ४७, लघुवित्त २१, अन्य १८ र ब्यापार उपसमूह २० अंक बढे ।
यस दिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो । यसअघि सोमबार यही कम्पनीको मूल्य ४.२ प्रतिशतले घटेको थियो । त्यस्तै सोनापुर सिमेन्टको ५.२, सिटिजन लाइफ इन्स्योरेन्सको ५, मल्टिपर्पोज फाइनान्सको ४.६ र इङ्वा हाइड्रोपावरको मूल्य ४.४ प्रतिशत बढ्यो ।
स्वाभिमान लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.२ प्रतिशत घटेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.९९, बाराही हाइड्रोपावरको ३.१९, बलेफी हाइड्रोपावरको ३ र मेन्छियाम हाइड्रोपावरको २.५ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन बैंक संस्थापक, माछापुच्छ्रे बैंक, सोनापुर सिमेन्ट, सानिमा जनरल इन्स्योरेन्स र सोल्टी होटल क्रमशः अगाडि रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।