२९ असोज/अर्थ र व्यापार – युनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले २६ मंसिरमा साधारणसभा आह्वान गरेको छ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले १२ मंसिरमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ ।
सञ्चालक समितिको बैठकको लाभांश वितरणको प्रस्ताव पारित गरेपछि ११ मंसिरसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउने छन् ।
तपाईको प्रतिक्रिया