logo

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि खुम्चियो

    289   पटक पढिएको


२२ असोज/अर्थ र व्यापार – लगातार दोस्रो दिन सेयर बजार ओरालो लागेको छ । सोमबार १२.५८ अंकले घटेको बजार १९०८.६६ विन्दुमा ओर्लिएको छ । यो ०.६५ प्रतिशतको गिरावट हो ।
नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाए पनि लगानीकर्ता यस नियमबाट उत्साहित देखिएनन् ।
आइतबार ३५.६७ अंकले घटेको बजार दोस्रो दिन पनि ओरालो लागेको हो । सोमबार कुल २८७ धितोपत्रको ४८ हजार ४४४ कारोबारबाट ४३ लाख २७ हजार १७९ कित्ता सेयर कारोबार भएको छ ।
सोमबार १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको मात्र कारोबार भएको छ । आइतबार १ अर्ब ८० करोडको कारोबार भएको थियो । सोमबार उत्पादन र प्रशोधन उपसूचक र व्यापार उपसूचकमा मात्र वृद्धि देखियो । अरु सबै उपसूचक भने नेगेटिभ देखिए । सबैभन्दा धेरै निर्जीवन बीमा उपसूचकको १ प्रतिशतले गिरावट आएको छ ।
सोमबार सयपत्री हाइड्रोपावरको सबैभन्दा धेरै (६.८८ प्रतिशत)ले सेयरमूल्य बढेको छ । थ्रीस्टार हाइड्रोपावर, हिमालयन पावर पार्टनर, इमर्जिङ नेपाल लिमिटेडसहितका धितोपत्रको समेत धेरैले सेयर मूल्य बढेको छ ।
बाराही हाइड्रोपावर र हिमालयन लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाए । यी दुवै धितोपत्रको नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । प्रोगेसिभ फाइनान्स, सानिमा जीआईसी, पिपुल्स पावरसहितका धितोपत्रको समेत धेरैले सेयरमूल्य गिरावट आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।