logo

धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले विश्व लगानीकर्ता सप्ताहमा विभिन्न कार्यक्रम गर्ने

    608   पटक पढिएको


१५ असोज/अर्थ र व्यापार – धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । एशोसिएसनका अध्यक्ष सागर ढकालले यस्तो जानकारी गराएका हुन ।
अध्यक्ष ढकालका अनुसार एशोसिएसनले विश्व लगानीकर्ता सप्ताहको पारेर साताव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागेको छ । एशोसिएसनले तय गरेको कार्यक्रमको तालिका अनुसार यहि १६ देखि १९ असोजसम्म कलेजहरुमा शेयर सचेतना तथा तालिम कार्यक्रम गर्ने छ ।

१६ असोजमा रिलायन्स कलेज सरस्वतीनगर, काठमाण्डौमा,१७ असोजको दिन क्यातफोर्ड इन्टरनेशनल कलेज बालकुमारी, ललितपुरमा, १८ असोजको दिन सेन्ट्रल डिपार्टमेन्ट आफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय, किर्तिपुरमा र आगामी १९ असोजमा काभ्रेको पनौती नगरपालिका पनौतीमा शेयर सचेतना तथा तालिम हुने एशोसिएसनले जनाएको छ ।

यसैगरी, एशोसिएसनले आगामी २० असोजमा वाकाथन कार्यक्रम गर्ने बताएको छ । सो दिन बिहान ८ बजेबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको नेतृत्वमा व्यानर तथा प्लेकार्ड सहित भृकुटीमण्डपबाट सुरु भएको वाकाथन बसन्तपुर दरबार स्क्वायर सम्म पुगेर भेलामा परिणत भई समापन गरिने छ ।

साताव्यापी विश्व लगानीकर्ता सप्ताह–२०२३ समापन तथा अन्तरक्रिया कार्यक्रमकै अवसरमा आगामी २१ असोजकोे दिउँसो ३ बजेबाट नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमाल प्रमुख आतिथ्य तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की तथा सिडिएस एण्ड क्लियरिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यहरुको आतिथ्यमा साताव्यापी लगानी सप्ताह कार्यक्रमको विसर्जन तथा पूँजीबजार विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने एशोसिएसनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।