logo

सेयर बजारमा पहिरो, नेप्से ३३ अंकले घट्यो

    625   पटक पढिएको


१४ असोज/अर्थ र व्यापार – सेयर बजारमा भारी गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ३३.२० अंकको गिरावट हुँदा १९७१.१० को विन्दुमा बन्द भएको छ ।
मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने चर्चाले केही दिन उतारचढाव देखिए पनि राष्ट्र बैंकले उक्त निर्णय गर्न ढिलाइ गर्दा नेप्सेमा उच्च गिरावट भएको छ ।
गत सोमबार नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा अर्थमन्त्री, गभर्नर सहित उपस्थितिमा कार्यक्रम आयोजना गर्दैछ । तर, त्यसको अघिल्लो दिन आइतबार भने सेयर बजारमा उच्च गिरावट भएको हो ।
आइतबार सबै उपसूचकहरु पनि घटेको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ३.३२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक २.१७ प्रतिशले गिरावट भएको छ । यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.०७ प्रतिशतले गिरावट भएको हो ।
नेप्सेमा उच्च गिरावट हुँदा कारोबार रकम २ अर्बको नजिक पुगेको छ । आइतबार ८२ हजार ८०० वटा कारोबारमा ६७ लाख २३ हजार ४०० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८३ करोड ५ लाखको कारोबार भएको छ । जसमध्ये सिटिजन्स लाइफको सर्वाधिक १४ करोड ७४ लाखको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत भएर आइतबार कारोबार सुरु भएको सिटिजन्स लाइफमा आईपीओ परेका लगानीकर्ताको सेयर बिक्रीको चाप देखिएको हो । यस्तै एनआईसी एशिया बैंकको ९ करोड ३६ लाख र सन् नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार नेप्सेमा कुल २३२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २२० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै १० कम्पनीको सेयरमूल्य वृद्धि हुँदा २ कम्पनीका सेयरमूलय स्थिर छ ।
आइतबार कारोबार भएकामध्ये सयपत्री हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मम सर्किट मूल्यमा बन्द हुँदा पिपुल्स हाइड्रोपावरको सेयरमूल्य ६.०७ प्रतिशत र कुमारी धनवृद्धि योजनाको इकाइमूल्य ६.०५ प्रतिशतले बढेको छ ।
यता सनराइज म्युचुअल फण्डको इकाइमूल्य सहित अपर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरीङ हाइड्रोपावर र सिटिजन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
यसैगरी, मेन्छियाम हाइड्रोपावर कम्पनीका सेयरमूल्य पनि ९.९७ प्रतिशतले गिरावट भएर बन्द भएको छ । नेप्सेमा सूचीकृत भई आइतबार प्रि–ओपन सेसनमा ५०८ रुपैयाँमा पहिलो कारोबार भएको सिटिजन्स लाइफमा पहिलो दिन नै नकारात्मक सर्किट लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।