१२ असोज/अर्थ र व्यापार – नबिल म्युचुअल फण्ड अन्तगर्त सञ्चालित ‘नबिल ब्यालेन्स फण्ड २’ ले इकाइधनीलाई ९.६ प्रतिशत नगद लाभांश दिने भएको हो ।
नबिल बैंक कोष प्रवद्र्धक र नबिल इन्भेष्टमेन्ट बैंक योजना व्यवस्थापक रहेको सो सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट इकाइधनीलाई सो प्रतिफल प्रस्ताव गरेको हो ।
योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको ११ असोजको सञ्चालक समिति बैंकले सो प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।
सो प्रतिफल वितरणका लागि २६ असोजमा योजनको इकाइधनी दर्ता किताब बन्द गर्ने निर्णय भएको नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।
तपाईको प्रतिक्रिया