logo

सेयर धितो कर्जामा सीमा हट्ने भएसँगै सेयर बजारमा हरियाली, नेप्से ४४.३४ अंकले बढ्यो

    783   पटक पढिएको


४ असोज/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ४४.३४ अंकले बढेको छ । यो अंकको वृद्धिपछि नेप्से २०२९.७८ विन्दुमा कायम भएको छ । आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सामान्यतः १ अर्बको कारोबार हुँदै आएको बजारमा बिहीबार भने ३ अर्ब २९ करोड रुपैयाँ कारोबार नागेको थियो ।
कुल २१७ कम्पनीको मूल्य बढ्दा ११ को घट्यो भने २ को स्थिर रहृयो । प्रतिशतका आधारमा जलविद्युत् उपसमूह सबैभन्दा धेरै ५.३ प्रतिशत बढ्यो । अंकका आधारमा वाणिज्य बैंक ११, विकास बैंक १४२, फाइनान्स ७५, होटल तथा पर्यटन ८२, जलविद्युत् १०९, जीवन बीमा १८०, उत्पादन १४७, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १८७, अन्य ३३ र ब्यापार उपसमूह १० अंक बढेका थिए ।
११ कम्पनीको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढ्यो । ती ११ कम्पनीमा नेसनल हाइड्रो, दिव्यश्वरी हाइड्रो, स्वाभिमान लघुवित्त, हिमाल दोलखा हाइड्रो, मन्दाकिनी हाइड्रो, थ्रीस्टार हाइड्रो, न्यादी हाइड्रो, खानीखोला हाइड्रो, अरुण काबेली पावर, आँखुखोला र बाराही हाइड्रोपावर छन् ।
अभियान लघुवित्तको मूल्य भने सबैभन्दा धेरै ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक र हिमाल दोलखा हाइड्रोपावर क्रमशः अगाडि रहेका थिए ।
सेयर धितो कर्जामा सीमा हट्ने भएपछि बिहीबार सेयर बजारमा हरियाली छाएको हो । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने तयारी गरेसँगै सेयर बजारमा हरियाली छाएको छ ।
मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले १२ करोडको सीमा हटाउने बताएका थिए । सेयर लगानीकर्ताले व्यक्तिगत रुपमा १२ करोडको सीमा पर्याप्त रहे पनि सेयर बजारमा लगानी गर्ने उद्देश्यले आएका कम्पनीमा उक्त सीमा व्यावहारिक नभएको बताउँदै आएका थिए । सबै क्षेत्रबाट आलोचनको विषय भएपछि १२ करोडको सीमा हटाउने तयारीसँगै सेयर बजारमा हरियाली छाएको हो ।
हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि हुँदा बिहीबार नेप्से पनि बढेको हो । नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक ५.३१ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।