logo

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट

    1032   पटक पढिएको


२ असोज/अर्थ र व्यापार – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
मंगलबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले गत २१ देखि २५ भदौसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता असाधारण सेयर निष्कासनमा ल्याएको थियो ।

आवेदकले न्युनतमा २० कित्ताको लागि आवेदन दिनुपर्ने सो आईपीओमा माग भन्दा बढी आवेदन गरेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँटफाँट भएको छ ।
कम्पनीको आईपीओमा कुल १२ लाख ७० हजार ९९१ आवेदन परेकोमा तीन हजार २८२ आवेदन रद्ध भएर १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

योग्य आवेदकमध्येबाट गोलाप्रथाले २४ लाख २७ हजार ७५० कित्ता सेयर २० कित्ताको दरले बाँडफाँट गर्दा एक लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।
त्यसमध्ये १० आवेदकले थप एक कित्ता अर्थात कुल २१ कित्ताका दरले सेयर प्राप्त गरेका छन् । अन्य आवेदकको भने हात खाली भएको छ ।
कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि २ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरिसकेको छ ।
यसबाहेक कर्मचारीको लागि ५८ हजार ५०० कित्ता र सामूहिक लगानी कोषको लागि एक लाख ४६ हजार २५० कित्ता सेयर बाँडफाँट गरीसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।