३१ भदौ/अर्थ र व्यापार – युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ । ३० भदौमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
जसमध्ये हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभापछि सेयरधनीमा वितरण हुनेछ ।
तपाईको प्रतिक्रिया