२७ भाद्र / अर्थ र व्यापार- सनि सेक्युरिटिज कम्पनी लि.(ब्रोकर नं ४२) ले आफ्नोे तेस्रो शाखा (रिमोट वर्क स्टेशन) देवचुलि नगरपालिका वार्ड नं १३, दलदले नवलपुरमा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज काठमाडौंको निर्णय अनुसार सनि सेक्युरिटीज कम्पनीलाई दलदलेमा शाखा सञ्चालन गरी धितोपत्र कारोवार गर्न स्वीकृत प्रदान गरिए अनुसार शाखा विस्तार गरेको कम्पनीले जनाएको छ ।
साथै यस ब्रोकरले हालै धितोपत्र बोर्डबाट धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको थियो । पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त भएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जिन कारोबार लगायतका सेवाहरु उपलब्ध गराउनेछ । यससँगै कम्पनीले सूचना प्रविधिमा लगानी विस्तार गर्दै मुलुकका ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
तपाईको प्रतिक्रिया