logo

दोहोरो अंकले घट्यो शेयर बजार,नेप्से १९.४२ अंक मुनी

    99   पटक पढिएको


२६ भदौ/अर्थ र व्यापार – दुई दिन लगातार बढेको शेयर बजारमा आज पुनः दोहोरो अंकको करेक्शन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार मंगलबार बजार १९.४२ अंकले घटेको हो ।
आज ०.९७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६७.५७ अंकमा झरेको छ । आज २७६ कम्पनीका ३९ लाख १६ हजार १ सय ६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५ सय १५.५१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
समग्रमा बजार घटे पनि मंगलबार शुभम् पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै थ्रीस्टार हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
यसैगरी, नेपाल एसबीआई बैंकको उच्च कारोबार भएको छ । यस बैंकको ७ करोड ५६ लाख १८ हजार ९ सय २०.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन आइतबार १०.२३ अंकले बजार बढ्दा १ अर्ब ७ करोड २२ लाख १२ हजार ४ सय १८.६० रुपैयाँ र सोमबार ४४.३० अंकले बजार बढ्दा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३ सय ९७.२४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन कुल १ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १ अर्ब १३ करोड रुपैयाँमा खुम्चियो ।
आज ३३ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ४ वटाको स्थिर रहृयो ।
आज सबैजसो उपसमूहका सूचक घटेका छन् । बैंकिङ ५, विकास बैंक ५४, फाइनान्स ३२, होटल तथा पर्यटन ११०, जलविद्युत् ३१, जीवन बीमा १०८, उत्पादन ५६, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा १४९, अन्य ३ र ब्यापार उपसमूह २४ अंक घटेका छन ।
आज कारोबार रकमका आधारमा नेपाल एसबीआई बैंक, शिवम् सिमेन्ट, एभरेस्ट बैंक, आईएमई लाइफ इन्स्योरेन्स र सोल्टी होटल क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।