logo

विदेशी मुद्रामै सेयर बजारमा लगानी गर्न र फिर्ता लैजान पाउने बाटो खुल्यो

    161   पटक पढिएको


१९ भदौ/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा विदेशी मुद्रामा लगानी गर्न र प्राप्त लाभ विदेशी मुद्रामै फिर्ता लैजान पाउने बाटो खुलाएको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को सातौं संशोधनमा सो व्यवस्था गरिएको हो।

‘सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा प्रचलित कानुनबमोजिम स्थापना भएको इन्भेस्मेन्ट कम्पनीले विदेशी नागरिकता वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीका लागिमात्र नेपाल राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधारसम्बन्धी परियोजनामा सेयर, बन्ड, डिबेन्चरमा लगानी गर्न पाउने र विदेशी मुद्रामा समेत भुक्तानी हुने गरी नियमानुसार धितोपत्र निष्कासन गर्न सक्ने छ’ बोर्डद्वारा जारी संशोधित नियमावलीमा उल्लेख छ ।

यसप्रकारको विदेशी मुद्राको सेयर, बन्ड वा डिबेन्चरमा लगानी गर्ने गरी निष्कासन गरिएको धितोपत्र कारोबार विदेशी नागरिकता प्राप्त वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीबीच मात्र हुने व्यवस्था छ । यसैगरी, यस्ता कम्पनीको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी अन्य व्यवस्था निर्देशिकामा तोकिएबमोजिम हुने बोर्डले उल्लेख गरेको छ । सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीका रूपमा एनआरएन नेपाल डेभलपमेन्ट फन्डले काम गरिरहेको छ ।

यही कम्पनीमार्फत नै विदेशी लगानी नेपाल भित्राउन बाटो बोर्डले खुला गरेको हो । विदेशी लगानीकर्ता होस् वा गैरआवासीय नेपालीले विदेशी मुद्रामा लगानी गर्न लगानी बोर्डबाट स्वीकृति लिएर सम्बन्धित निकायको अनुमति र राष्ट्र बैंकको अनुमति लिनुपर्ने लगायत झन्झटिलो प्रक्रिया सामना गर्नुपर्ने हुन्छ ।

अब भने बोर्डले गरेको नयाँ व्यवस्था अनुसार विदेशी मुद्रामा सोझै लगानी भित्राउन सहज भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनलराज भट्टराईले बताए। ‘गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा आबद्ध गराउन पहिलो चरणको ढोका खुल्यो, दोस्रो चरणका लागि पनि काम भइरहेको छ’ सिइओ भट्टराईले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।