logo

सेयर कारोबारमा ओरालो यात्रा कायमै, नेप्से झन तल झर्यो

    738   पटक पढिएको

१९ भदौ/अर्थ र व्यापार – हिजो सोमबार बन्द हुने बेला केही बढेर सम्हालिएको सेयर बजारले मंगलबार पनि ओरालो यात्रा कायमै राख्यो । मंगलबार नेप्से झन तल झरेको छ । आज सेयर बजारमा कुल ७९ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
सोमबार १ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचक भने अघिल्लो दिनको तुलनामा ६.४५ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से १९६१ अंकमा कायम भएको छ ।
मंगलबार ६ दशमलव ४५ अंकले गिरावट आएर सेयर बजार परिसूचक नेप्से १९६१ दशमलव ३७ विन्दुमा पुगेको छ । आज २७७ कम्पनीका २४ लाख ८० हजार २२९ कित्ता शेयर खरिद बिक्री हुँदा ७९ करोड ६८ लाख ७० हजार ४०८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार धेरै समयपछि कारोबार रकम समेत १ अर्ब रुपैयाँबाट घटेको छ । त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ ।
कुल ७१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ७ को स्थिर रहृयो । बैंकिङ २.९, विकास बैंक ४, फाइनान्स १२, होटल तथा पर्यटन ४३, जलविद्युत् १३, जीवन बीमा ६८, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा ५८, अन्य उपसमूह ३ अंक घटे । ब्यापार १३ र उत्पादन उपसमूह १९ अंक बढे ।

नेरुडे लघुवित्तको मूल्य ९.८ प्रतिशत बढ्यो भने लिबर्टी इनर्जीको करिब १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालय एभरेस्ट इन्स्योरेन्स संस्थापक, साल्ट ट्रेडिङ, आईएमई लाइफ इन्स्योरेन्स, घोराही सिमेन्ट र एभरेस्ट बैंक क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।