logo

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर निष्कासन

    948   पटक पढिएको


१८ भदौ/अर्थ र व्यापार – अपर तामाकोशी हाइड्रोपावर कम्पनीले सोमबार (आज) देखि १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले १० अर्ब ५९ करोड रुपैयाँको १० करोड ५९ लाख कित्ता सेयर निष्कासन गरेको हो ।
हकप्रद सेयरमा गत २५ साउनसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले २६ साउनमा बुक क्लोज गरेको छ ।

हकप्रद सेयरमा आगामी ७ असोजसम्म आवेदन दिन सकिने छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक नागरिक लगानी कोष, सनराइज क्यापिटलका साथै धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यले रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
यसैगरी, सनराइज बैंकको लगनखेल, सूर्यविनायक, हेटौडा, मन्थली, धरान, विराटनगर, जनकपुर, पोखरा, कुश्मा, भैरहवा, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महेन्द्रनगर, चरिकोट, सुनखानी, जफे, शिवालय शाखाबाट आवेदन दिन सकिने छ ।

त्यसैगरी, प्रभु बैंकको चरिकोट, सिटिजन्स बैंकको चरिकोट, सिन्धु विकास बैंक चरिकोट, कृषि विकास बैंक चरिकोट, नेपाल बैंक चरिकोट र सिगटी, महालक्ष्मी विकास बैंक चरिकोट, कुमारी बैंक चरिकोट, सिद्धार्थ बैंक चरिकोट, हिमालयन बैंक चरिकोट, प्राइम बैंक जिरी र सानिमा बैंक मेलुङबाट आवेदन दिन सकिने छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।