logo

नेप्से २०.५४ अंकले घट्यो

    704   पटक पढिएको

१० भदौ/अर्थ र व्यापार – सेयर बजारमा लगातार दोस्रो कारोबार दिन पनि गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २०.५४ अंकले गिरावट हुँदा १९९३.३८ को विन्दुमा बन्द भएको छ । गत बिहीबार भन्दा १.०२ प्रतिशतले गिरावट भएको हो ।

गत साताको सोमबार २ महिनापछि २ हजारको विन्दुबाट तल झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेपनि बिहीबार पुनः घटेको थियो । आइतबार पनि लगातार घटेको नेप्से पुनः २ हजारको विन्दुबाट तल झरेको हो । आइतबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

हाइड्रोपावर उपसूचकमा सर्वाधिक १.७६ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.३६ प्रतिशतले गिरावट भएको हो । आइतबार अन्य निर्जीवन बीमा, लघुवित्त र वित्त कम्पनी उपसूचकमा पनि १ प्रतिशत भन्दा माथिको कारोबार भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको बुधबार र बिहीबार लगातार २ कारोबार दिन डेढ अर्ब नाघेकोमा आइतबार सवा १ अर्बमा कारोबार सीमित भएको छ । आइतबार नेप्सेमा ३८ हजार ६६६ वटा कारोबारमा ३८ लाख ९५ हजार २३६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब २६ करोड २८ लाखको कारोबार भएको छ ।

जसमध्ये एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ४७ लाखको कारोबार हुँदा आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४५ लाख र सोल्टी होटलको ४ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १९५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २८ कम्पनीको सेयरमूल्य बढेको छ ।
यस्तै ४ कम्पनीको सेयरमूल्य सिथर छ । आइतबार कारोबार भएकोमध्ये कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा स्वाभिमान लघुवित्तको सेयरमूल्य ६ प्रतिशत र पिपुल्स पावर कम्पनीको सेयरमूल्य ५.१८ प्रतिशतले वृद्धि भएको छ । यता सिटिजन्स म्युचुअल फण्डको इकाइमूल्य ५.८८ प्रतिशतले बढेको छ ।

मकर जितुवामाई सुरी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.६३ प्रतिशतले गिरावट हुँदा लिवटी इनर्जी इनर्जी कम्पनीको सेयरमूल्य ६.३० प्रतिशत र अपर स्याङ्‍गे हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५.७९ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।