logo

नेप्से २०.५४ अंकले घट्यो

    820   पटक पढिएको

१० भदौ/अर्थ र व्यापार – सेयर बजारमा लगातार दोस्रो कारोबार दिन पनि गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २०.५४ अंकले गिरावट हुँदा १९९३.३८ को विन्दुमा बन्द भएको छ । गत बिहीबार भन्दा १.०२ प्रतिशतले गिरावट भएको हो ।

गत साताको सोमबार २ महिनापछि २ हजारको विन्दुबाट तल झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेपनि बिहीबार पुनः घटेको थियो । आइतबार पनि लगातार घटेको नेप्से पुनः २ हजारको विन्दुबाट तल झरेको हो । आइतबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

हाइड्रोपावर उपसूचकमा सर्वाधिक १.७६ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.३६ प्रतिशतले गिरावट भएको हो । आइतबार अन्य निर्जीवन बीमा, लघुवित्त र वित्त कम्पनी उपसूचकमा पनि १ प्रतिशत भन्दा माथिको कारोबार भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको बुधबार र बिहीबार लगातार २ कारोबार दिन डेढ अर्ब नाघेकोमा आइतबार सवा १ अर्बमा कारोबार सीमित भएको छ । आइतबार नेप्सेमा ३८ हजार ६६६ वटा कारोबारमा ३८ लाख ९५ हजार २३६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब २६ करोड २८ लाखको कारोबार भएको छ ।

जसमध्ये एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ४७ लाखको कारोबार हुँदा आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४५ लाख र सोल्टी होटलको ४ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १९५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २८ कम्पनीको सेयरमूल्य बढेको छ ।
यस्तै ४ कम्पनीको सेयरमूल्य सिथर छ । आइतबार कारोबार भएकोमध्ये कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा स्वाभिमान लघुवित्तको सेयरमूल्य ६ प्रतिशत र पिपुल्स पावर कम्पनीको सेयरमूल्य ५.१८ प्रतिशतले वृद्धि भएको छ । यता सिटिजन्स म्युचुअल फण्डको इकाइमूल्य ५.८८ प्रतिशतले बढेको छ ।

मकर जितुवामाई सुरी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.६३ प्रतिशतले गिरावट हुँदा लिवटी इनर्जी इनर्जी कम्पनीको सेयरमूल्य ६.३० प्रतिशत र अपर स्याङ्‍गे हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५.७९ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।