६ भदौ / अर्थ र व्यापार- सनी सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ४२) ले धितोपत्र बोर्डबाट धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्सको अनुमति प्राप्त गरेको छ । पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त भएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जिन कारोबार लगायतका सेवाहरु उपलब्ध गराउनेछ ।
विं.सं.२०६४ सालमा १ करोड ६० लाख चुक्ता पुँजीबाट आफ्नो कारोबार सुरु गरेको कम्पनीले आवश्यकता अनुसार चुक्तापुँजी वृद्धि गर्दै हाल ६० करोड पु¥याएको छ । पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त गरेसँगै कम्पनीको जिम्मेवारी र दायित्व पनि थपिएको छ र अब सेयर लगानीकर्तालाई उच्चतम सेवा प्रवाह गर्ने कम्पनीका कार्यकारी अध्यक्ष सन्तोष पौडेलले वताए । यससँगै कम्पनीले सूचना प्रविधिमा लगानी विस्तार गर्दै मुलुकका ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको उनले वताए ।
तपाईको प्रतिक्रिया