२६ साउन/अर्थ र व्यापार – सनराइज फर्स्ट म्युचुअल फन्डले इकाइधनीलाई दिने प्रतिफल बढेको छ । गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा सनराइज म्युचुअल फन्डअन्तर्गत संचालित योजनाले लाभांश घोषणा गरेको हो।
यस योजनाले गत आव २०७९/८० को नाफाबाट १६ प्रतिशतले हुन आउने १३ करोड ७६ लाख रुपैयाँ बराबरको नगद लाभाश वितरण गर्ने घोषणा गरेको छ ।
सनराइज क्यापिटलको गत बिहीबार बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो।
यस योजनाको लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको हो । योजनाले आर्थिक वर्ष २०७८/७९ मा इकाइधनीहरुलाई १२ प्रतिशत नगद लाभांश दिएको थियो।
सो लाभांश वितरणका लागि बुक क्लोज मिति केही दिनमा प्रकाशित गरिने सो क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया