२४ साउन/अर्थ र व्यापार – अपि पावर कम्पनीले आगामी ३१ साउनदेखि १९ भदौसम्म हकप्रद शेयर जारी गर्ने भएको छ ।
कम्पनीले १ः०.४ प्रतिशत अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्न लागेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
गत २१ असारसम्म कायम लगानीकर्ताले हकप्रद शेयर भर्न पाउने छन् । यस कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ छ । हकप्रद पछि चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार पुग्नेछ ।
तपाईको प्रतिक्रिया