logo

मौद्रिक नीतिपछि २०८ अंकले घट्यो सेयर बजार

    390   पटक पढिएको


२३ साउन/अर्थ र व्यापार – सेयर बजार परिसूचक नेप्से मौद्रिक नीतिपछि २०८ अंकले घटेको छ । मौद्रिक नीति जारी भएको दिन कात्तिक ७ गते ६३.२४ अंकले बढेर २२२७.१६ अंकमा उक्लिएको नेप्से मंगलबार २०१९.८५ अंकमा ओर्लिएको हो ।
यसबीचमा १२ दिन कारोबार हुँदा ९ दिन बजार घटेको छ भने ३ दिन बढेको छ । नेप्से परिसूचक साउन ८ गते २६.६६, ९ गते ३६.१९, १० गते ८.११, ११ गते २९.७१, १४ गते २६.१४ र साउन १६ गते बजार २८.५९ अंकले घटेको छ ।
गत साताका तीन दिन भने बजार सामान्य बढेको थियो । गत साता साउन १५ गते ५.८४, १७ गते ९.२५ र १८ गते ३ अंकले बजार बढेको थियो ।
यो साता बजार लगातार घटेको छ । आइतबार ३८.३७, सोमबार ३.२१ र मंगलबार २८.४ गरी साताका तीन दिनमा नेप्से ६९.९८ अंकले घटिसकेको छ ।

सेयर धितो कर्जाको जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भन्ने उल्लेख भएको मौद्रिक नीति दिउँसो १ बजे नै सार्वजनिक हुँदा बजार उच्च दरले बढेको थियो ।
मौद्रिक नीति सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० बाट १०० प्रतिशतमा झार्ने बताएका थिए । त्यसको भोलिपल्ट देखि नै बजार घट्न थालेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।