logo

मौद्रिक नीति आएपछि नेप्से लगातार घट्यो

    283   पटक पढिएको

१० साउन/अर्थ र व्यापार – मौद्रिक नीति आएपछिको चौथो कारोबार दिनमा पनि सेयर बजार सूचक नेप्से राताम्ये भएको छ । बुधबार पनि ८ अंक घट्दा नेप्से सूचक पछिल्लो तीन दिनमै ७१ अकं घटिसेकेको छ । सूचक २१५६ विन्दुमा ओर्लिसकेको छ ।
बजारको लय विपरित बुधबार पनि किसान लघुवित्तको सेयर मूल्य ७ प्रतिशत बढेको छ । तर, सर्किट लाग्न भने सकेन। नभए आइतबारदेखि लघुवित्तको सेयरमा निरन्तर पोजिटिभ सर्किट लागिरहेको थियो । आज पनि कारोबारको बिचमा मूल्य लगभग १० प्रतिशत बढिसकेको थियो।
किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तले मंगलबार मर्जरमा जाने सम्झौता गरेका छन्। उक्त सूचनाले नै पछिल्ला दिनयता कम्पनीको सेयर मूल्य उल्लेख्य रुपमा बढ्दैछ। पछिल्लो तीन दिनमा किसान लघुवित्तले २७ प्रतिशतको वृद्धि लिएता पनि जाल्पाको सेयर मूल्य भने १० प्रतिशत खस्किएको छ।
बुधबारको अन्तिम कारोबार अनुसार, किसान लघुवित्त एक हजार २५ रुपैयाँ र जाल्पा सामुदायिक लघुवित्त १४ सय ८९ रुपैयाँमा किनबेच भएका छन्। दिनभरमा सबैभन्दा बढ्ने र घट्ने नै यि दुईवटा सेयर हुन्। आज यूनिलिभर नेपालको सेयर मूल्यमा पनि फराकिलो गिरावट देखिएको। २५ सय रुपैयाँले आज मूल्य खसेको छ। यो ६.३३ प्रतिशत हो। ३७ हजारमा कम्पनी अन्तिम पटक किनबेच भएको छ ।
बजार ह्वात्तै घट्न थालेपछि लगानीकर्तामा अन्योल भने बढ्दो छ । जसले गर्दा बजारमा किनबेच केहि सुस्त छ । बुधबार जम्मा २ अर्ब ४३ करोडको सेयर खरिद बिक्री भएको छ । १०० रुपैयाँका दरले बुधबार ग्लोबल आइएमई बैंकको १५ लाख १२ हजार ५३९ कित्ता संस्थापक सेयर किनबेच भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।