logo

अर्थ समितिको निर्देशन बिबादमा,दुई तिहाई सांसदलाई थाहै नदिई अर्थ समितिको किर्ते निर्णय गरेको आरोप

    951   पटक पढिएको


३१ जेठ/अर्थ र व्यापार – अर्थ समितिले नयाँ ब्रोकर लाईसेन्स रोक्न दिएको निर्देशन चरम बिबादमा परेको छ । अहिले यो बिबाद समितिभित्रैबाट सुरु भएको हो ।
अर्थ समितिले आफ्नो बहुमत सदस्यलाई थाहै नदिई नयाँ ब्रोकर लाइसेन्स रोक्ने निर्णय गरेको फेला परेको छ । अर्थसमितिमा सुरुमा सबैलाई हाजिरी गराएर दुई तिहाई भन्दा बढी संसदहरु हिडिसकेपछि समितिका सभापति (जेष्ठताको आधारमा) सांसद सन्तोष चालिसे, सांसद पदम गिरीलगायत केही सांसद र अर्थ समितिका कर्मचारी लगायतकोे मिलेमत्तोमा केही स्वार्थी समुहको प्रलोभनमा परी नयाँ ब्रोकर लाईसेन्स रोक्न निर्देशन दिएको आरोप सम्बद्ध सरोकारवालाहरुले बताएका छन ।
‘सोमबार सामसामयिक विषयमा छलफल गर्ने भन्दै बैंठक बोलाईयो र निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी बैंठक सुरु भयो, बैठक सुरु भएपछि हामीलाई हाजिर गराएर अध्ययनका लागि भन्दै एउटा पत्र बाडियो तर, त्यस विषयमा कुनै छलफल भएन,’ अर्थ समितिका एक सांसदले भने, ‘तर पछि संचार माध्ययम र सामाजिक संजालबाट अर्थ समितिले ब्रोकर लाईसेन्स रोक्न निर्देशन दियो भन्ने थाहा पाईयो ।’ सोमबार कुनै पनि छलफल नगराई धेरै सांसद हिडिसकेपछि स्वार्थ केन्द्रित रुपमा ब्रोकर लाईसेन्स रोक्ने निर्णय गरिएको समेत ती सांसदले जानकारी दिए ।

यसैगरि, अर्थ समितिका सिमित सांसदले सर्वोच्चको निर्णय र सेयर लगानीकर्ताहरुको ठूलो जमातलाई असर पर्ने निर्णय गर्दा त्यसले निर्णयमा सामेल नभएका सांसदहरुलाई समेत नकारात्मक असर पुगेको ती सांसदले जानकारी दिए ।
सर्वोच्चको फैसला अनुरुप धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण गरिसकेको अवस्थामा अर्थसमितिले समिति स्वार्थी समुहको प्रलोभनमा परी तत्काललाई यो कामनै रोक्नु भनी निर्देशन दिनुले पुँजी बजारको विकासमा ठूलो धक्का लागेको सम्बद्ध लगानीकर्ताहरुको भनाई छ ।

यसैगरि, सामाजिक संजालमार्फत लगानीकर्ताहरुले अर्थसमितिका सिमिति केही सांसदहरुले पैसा लिएर पुराना ब्रोकरको स्वार्थमा सिन्डिकेट लगाउने काम गरेको भन्दै विरोध गरेका छन् । यसअघि पनि अर्थ समितिलाई सीमित स्वार्थ समुहको प्रलोभनमा परी तत्काल नयाँ ब्रोकर लाईसेन्स वितरण गर्न नहुने निष्कर्ष निकालेको आरोप लागेको थियो ।
त्यसैगरी जेष्ठताका आधारमा अर्थ समितिका सभापतित्व गर्दै आएका नेपाली कांग्रेसका सांसद सन्तोष चालिने भने बोर्डले नियमसंगत गरिकाबाट लाईसेन्स दिएको छ कि छैन भनेर अध्ययन गर्नका लागि तत्कालका लागि कार्यान्यनमा नगर्न निर्देशन दिएको बताए ।

यसैगरि, अर्थसमितिले पुराना ब्रोकरसँगको साठगाँठका आधारमा नयाँ ब्रोकर लाईसेन्स रोक्न निर्देशन दिएको र निर्देशन दिनुपूर्व सो ड्राफ्टनै ब्रोकरसँग सल्लाह गरेर तयार गरिएको आरोप लागेको छ । तर, यस विषयमा कुरा गर्दा अर्थ समितिका सचिव रेखा उपाध्याय भने आफुलाई सभापतिज्यूले जे निर्णय लेख्नु भन्नु भयो सोही कुरा लेखेर हस्ताक्षर गरेको बताइन् । ‘मैले सभापतिज्यूले भनेझै निर्णय लेखेर उहाँलाई नै देखाएका हस्ताक्षर गरेको हुँ,’ उनले भनिन्, ‘तर नयाँ ब्रोकर लाइसेन्स रोक्ने निर्णय कसरी भयो भन्ने विषयमा सभापतिज्यूलाई नै सोध्नुहोला ।’
‘तर अर्थ समितिका अघिकांश सांसदहरुले भने ब्रोकर लाईसेन्स वितरण प्रक्रिया रोक्ने सम्बन्धमा आफुहरुलाई कुनै जानकारी भएको बताउँदै आएका छन् । ‘बैंठक सुरु भएपछि धितोपत्र बोर्डले पठाएको पत्र अध्ययनका लागि भन्दै बाडियो तर समिति भित्र कुनै छलफल भएन’ ती सांसदले भने, ‘हामी पत्र बोकेर हिड्यौं तर पछि ब्रोकर लाईसेन्स वितरण प्रक्रिया नै रोक्ने भन्दै निर्देशन दिइएछ ।’

नयाँ ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले अहिले अर्थ समितिले निहित स्वार्थमा सर्वोच्च अदालतको बर्खिलापमा निर्णय गरेको बताए । विधानको धारा १२८ बमोजिम सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्ने दायित्व जनप्रतिनिधि लगायत सबै निकायको भएको बताउँदै ढकालले भने, ‘पुँजी बजारमा भएको यति ठूलो प्रगतिलाई रोक्न सीमित व्यक्तिको स्वार्थमा गरिएको अर्थ समितिको यस्तो पूर्वाग्रही निर्देशनलाई तत्काल खारेज गरिनुपर्छ ।’ यो निर्णय खारेज नभए आफुहरु आन्दोलनमा उत्रिने चेतावनी उनले दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।