९ जेठ / अर्थ र व्यापार- नेपाल धितोपत्र बोर्डले ७ वटा सेयर ब्रोकर लाई व्यवसाय सञ्चालन इजाजतपत्र वा लाइसेन्स दिएको छ । सोमबार बसेको बोर्ड सञ्चालक समितिले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेका ७ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।
लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड लिमिटेड रहेका छन् ।
पूर्वाधार तयार गरेर लाइसेन्सको लागि आवेदन दिएका आठ वटा मध्ये सात कम्पनीले लाइसेन्स पाएका हुन् । आठ कम्पनीको पूर्वाधारको निरीक्षणपछि सोमवार बसेको बोर्ड सञ्चालक समिति बैठकले सात कम्पनीलाई लाइसेन्स दिने निर्णय भएको हो ।
धितोपत्र बोर्डमा नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन परेकोमा ४३ वटा कम्पनीले आशयपत्र (एलओआई) पाएका थिए, जसमध्ये सोमबार ७ कम्पनीले लाइसेन्स पाएका हुन् ।
तपाईको प्रतिक्रिया