logo

सेयर बजार घटेर १८६६ अंकमा ओर्लियो

    314   पटक पढिएको

२३ चैत/अर्थ र व्यापार – साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेर १८६६ अंकमा अडिएको छ ।
अघिल्लो बुधबार दिन ८ अंक बढेको बजार यस दिन ८ अंक नै घटेको हो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १० करोड बढेको छ । ९१ अर्ब २७ करोडको कारोबार भएको छ । आज ४३ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ३ को स्थिर रहृयो ।

बैंकिङ ०.५४, निर्जीवन बीमा १.६९ तथा ब्यापार उपसमूह ४ अंक बढे । विकास बैंक ४२, फाइनान्स २२, होटल तथा पर्यटन ९, जलविद्युत् २८, जीवन बीमा १८, उत्पादन १९, माइक्रोफाइनान्स १३ र अन्य उपसमूह १० अंक घटेका छन ।
कालिन्चोक दर्शनको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो भने सामलिङ पावरको सबैभन्दा धेरै ७.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, हिमालयन डिस्टिलरी र एनआईसी एसिया बैंक क्रमश अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।