logo

पहिलोपटक केन्द्रीकृत डिजिटल केवाइसी पुँजी बजारमा

लगानीकर्ताले एक निकायमा केवाइसी भरेपछि अन्त थप केवाइसी भर्न नपर्ने

    785   पटक पढिएको

१७ फागुन/अर्थ र व्यापार – पुँजी बजारमा नेपालकै पहिलोपटक केन्द्रीकृत डिजिटल केवाइसी सुरु हुने भएको छ । ग्राहक तथा लगानीकर्ताले कुनै एक निकायमा एकपटक व्यक्तिगत विवरण बुझाएपछि पुँजी बजारका अन्य निकायमा पुनः व्यक्तिगत विवरण बुझाउनुनपर्ने गरी केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सेन्ट्रल डिजिटल केवाइसी) लागू गरिने भएको हो ।

पुँजी बजारमा विद्युतीय सेवासमेत प्रदान गर्दै आएको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले केन्द्रीकृत डिजिटल केवाइसी लागू गर्ने तयारी अघि बढाएको हो । यो अन्तिम चरणमा पुगिसकेको सिडिएससीको भनाई छ ।
हाल सफ्टवेयर (सिस्टम प्रणाली)लाई केही ब्रोकर कम्पनी र मर्चेन्ट बैंकरहरूमा परीक्षण भइरहेको छ । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले त्यसको नतिजा पनि राम्रो देखिएको जानकारी दिए । अब बाँकी काम र प्रक्रिया पूरा गरेर केन्द्रीकृत डिजिटल केवाइसीलाई कार्यान्वयनमा ल्याउने उनको भनाइ छ ।

अहिले डिम्याट खाता, मेरो सेयर खाता, ब्रोकर खाता (टिएमएस) खोल्दा सम्बन्धित ब्रोकर कम्पनी, मर्चेन्ट बैंकरलगायतका निकायमा लगानीकर्ताले छुट्टाछुट्टै केवाइसी भर्नुपर्नेे बाध्यता छ । एउटै ब्रोकरमा डिम्याट खाता तथा ब्रोकर खाता खोल्दा पनि दुईपटक केवाइसी भर्नुपर्ने बाध्यता छ ।
यसैगरि, एउटा मर्चेन्ट बैंक तथा ब्रोकरमा डिम्याट खाता तथा ब्रोकर खाता (टिएमएस) खोलेको व्यक्तिले अर्काे ब्रोकर तथा मर्चेन्ट बैंकरमा डिम्याट खाता पनि केवाइसी भर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
त्यसमाथि कतिपय ब्रोकर तथा मर्चेन्ट बैंकरहरूले केवाइसी अझै डिजिटलाइज गरेका छैनन् । फलस्वरूप लगानीकर्ताले निकै झन्झट व्यहोर्नुपरेको छ । साथै, खर्च पनि उत्तिकै मात्रामा भइरहेको लगानीकर्ताको गुनासो छ ।
सोही अवस्थालाई दृष्टिगत गर्दै पुँजी बजारभित्रको कुनै एक निकाय तथा संस्थामा केवाइसी भरेपछि अर्काे ठाउँमा पुनः केवाइसी भर्नुनपर्ने गरी नयाँ प्रविधि ल्याउन लागिएको सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए ।
उनले यो प्रविधि आएपछि लगानीकर्ताले एउटा निकायमा केवाइसी भरेपछि सोही निकाय वा अन्य निकायमा थप केवाइसी भर्नुनपर्ने बताए । यद्यपि, आवश्यकताअनुसार समय–समयमा केवाइसीलाई अपडेट गर्दै जानुपर्ने उनले जानकारि दिए ।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ०७७ मा एक निर्देशिका जारी गर्दै सिडिएससीलाई सेन्ट्रल डिजिटल केवाइसी लागू गर्न निर्देशन दिएको थियो । सोही निर्देशिका अन्तर्गत सेन्ट्रल डिजिटल केवाइसी लागू गर्ने प्रक्रिया अघि बढाएको हो ।
सम्भवतः अबको एक–दुई महिनामा यो कार्यान्वयनमा आउने सिडिएससीको भनाइ छ । सेन्ट्रल डिजिटल केवाइसीका लागि सेवाशुल्क तोक्न नेपाल धितोपत्र बोर्ड, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, लगानीकर्तालगायतका सरोकारवालासँग छलफल अगाडि बढाइएको छ ।
सो छलफल मार्फत सेवाशुल्कको टुंगो लगाउने काम भइरहेको आचार्यले बताए । उनले भने, ‘अब सेन्ट्रल डिजिटल केवाइसी लागू गर्न यी दुई काम मात्रै बाँकी छ । यो पूरा भएपछि सेन्ट्रल डिजिटल केवाइसी कार्यान्वयनमा आउँछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।