logo

मौद्रिक नीतिको असर शेयर बजारमा, ६०.८८ अंकले घट्यो कारोबार

    688   पटक पढिएको


२९ माघ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको असर साताको पहिलो दिन आइतबारको शेयर कारोबारमा देखिएको छ ।
राष्ट्र बैंकल मौद्रिक नीति समिक्षा मार्फत लगानीकर्ताको आशामा तुसारापात गरिदिएपछि त्यसको प्रभाव आजको कारोबारमा देखिएको हो ।
आइतबार नेप्से उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ६०.८८ अंकले घटेर दुई हजार एक सय २१ दशमलब ७५ विन्दुमा झरेर बन्द भएको हो ।
मौद्रिक नीतिको समीक्षामा शेयर बजारबारे राष्ट्र बैंकको मौनताले पुँजी बजारका लगानीकर्ता निराश बन्न पुगेका छन् । त्यस बाहेक निजी क्षेत्रको सुझावलाई पनि मौद्रिक नीतिले समेटेन भन्ने उनीहरुको दुखेसो छ ।
शेयर लगानीकर्ताहरूमा ४/१२ को सीमामा थोरै भए पनि पुनरावलोकन हुन्छ भन्ने आशा थियो । यदि त्यसो भएन भने पनि जोखिम भार पुरानै दरमा फर्किनेमा उनीहरू ढुक्क थिए । तर, राष्ट्र बैंकले अचम्मको मौनता साँधेपछि लगानीकर्ता निराश बनेका हुन् ।
आज शेयर बजारमा उच्च अंकको गिरावट भएपनि कारोबार रकम भने तीन अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । आज तीन अर्ब चार करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयरमूल्य बढेको छ ।

आइतबार कुनै पनि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्न सकेन । आजको कारोबारमा सबैभन्दा बढी शेयरमूल्य बढेको कम्पनीमा खप्तड लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ४.४८ प्रतिशतले बढेर प्रतिकित्ता १३७५ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आइतबार ६ कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट हुँदा हिमालयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।