logo

मनकामना स्मार्ट लघुवित्तद्वारा ५ प्रतिशत लाभांश घोषणा

    681   पटक पढिएको


१७ माघ/अर्थ र व्यापार– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल ५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
लघुवित्तको माघ १६ गते सोमबार बसेको संचालक समितिको ७९औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजी १४ करोड १७ लाख ४५ हजारको ५ प्रतिशतका दरले हुन आउने ७० लाख ८७ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसमध्ये ४.७५ प्रतिशतका दरले हुन आउने ६७ लाख ३२ हजार रुपैयाँ बराबरको बोनस सेयर रहेको छ भने ०.२५ प्रतिशत (कर प्रयोजनसहित)का दरले हुन आउने ३ लाख ५४ हजार नगद लाभांश रहेको छ।
लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।