१६ माघ/अर्थ र व्यापार – साताको दोस्रो कारोबारको दिन नेप्से दिन परिसुचक ४१ अंकले घटेको छ । हिजो सामान्य अंकले घटेको शेयर बजार आज भने भारी अंकले घटेको हो ।
सोमबार नेप्से परिसुचक १ दशमलव ८९ प्रतिशतले घटेर २१२७ दशमलव ५२ को विन्दुमा झरेको छ ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ३३ अंकले ओरालो लागेको छ । सोमबार दिनभर भएका ५७ हजार १ सय २६ कारोबारबाट २५६ कम्पनीका ८८ लाख ३६ लाख ४ सय ८८ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ३ अर्ब ३० करोड २२ लाख १ हजार ८ सय २५ पुगेको छ ।
तपाईको प्रतिक्रिया