logo

मन्त्रिमण्डलले पूर्णता पाएसँगै लगानीकर्ता उत्साहित,करेक्सनपछि सेयर बजारमा सुधार

    785   पटक पढिएको


३ माघ/अर्थ र व्यापार – पछिल्लो दुई कारोबार दिनमा ६२ अंक बढीले घटेको सेयर परिसूचक (नेप्से) मा नयाँ सरकारले पूर्णता पाएसँगै मंगलबार सेयर कारोबारमा थप बढोत्तरी आएको हो ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्णता पाएको दिन मंगलबार सेयर बजारमा ३२ अंकको सुधार आएको हो । नयाँ सरकार गठन पछिका दिनहरुमा लगात्तार बढिरहेको सेयर बजारमा पछिल्लो दुई दिनमा करेक्सन आएको थियो ।
छोटो अवधिमै बजार बढेपछि नाफा सुरक्षित गर्नेहरुको चाप पर्दा बजार दुई दिन करेक्सनमा पुगेको थियो । पछिल्ला दुई कारोबार दिनमा नेप्से सूचक ६२ अंक बढीले घटिसकेको थियो । मंगलबार मन्त्रिपरिषद विस्तार भएसँगै लगानीकर्ता थप उत्साहित हुँदा सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।
यस दिन बजामा दोहोरो अंकको सुधार आएको भएपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा भने घटेको छ । मंगलबार नेप्से सूचक ३२.७२ अंकले बढेर २१८२.११ बिन्दुमा पुगेकोे छ । यो दिन २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक भने ४.४५ अंकले घटेको छ । बाँकी सबै समूहको उपसूचकमा सु्धार देखिएको छ । कारोबारमा विकास बैंक १०१.३६, वित्त कम्पनी ६३.९०, होटल तथा पर्यटन १६३.८२, जलविद्युत १२७.३९, जीवन बीमा १५२.६०, माइक्रोफाइनान्स ५६.४०, निर्जीबन बीमा ११६.०८ अंकले बढेको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा ग्रिन भेन्चर, आदर्श लघुवित्त वित्तीय संस्था, पिपुल्स हाईड्रोपावर, घलेम्दी हाईड्रो पावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा अपी पावर कम्पनी अग्रस्थानमा रहेको छ ।
कम्पनीको २३ करोड २६ लाख ८ हजार ३८८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा अप्पर तामाकोशी र ङादी पावर कम्पनी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।